रास्वपाको केन्द्रीय समिति बैठकमा ‘राइट टु रिकल’ बारे छलफल हुने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा हुने बैठकमा ‘राइट टु रिकल’ लगायतका बिषयमा छलफल हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयाे ।

बैठक स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने सम्बन्धमा, राइट टु रिकल सम्बन्धी दस्ताबेज निर्माण गर्ने सम्बन्धमा र साङ्गठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी एजेण्डा तय भएकाे छ ।  

त्यस्तै केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखहरूको मनोनयन र  स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनबारे पनि बैठकमा छलफल आचार्यले जानकारी दिनुभयाे ।

उहाँका अनुसार केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिनेछ । 

Facebook Comments