३६ प्रहरी कर्मचारी सम्पर्कमा, २८ जना भने सम्पर्कविहीन

भाेटेकाेशी बाढीपछि रसुवा जिल्लाका विभिन्न प्रहरी कार्यलयमा कार्यरत मध्ये २८ जना प्रहरीहरू अझै सम्पर्कमा नरहेकाे प्रहरीले जनाएकाे छ । ती कार्यालयमा कार्यरत ३६ जना प्रहरी भने सम्पर्कमा आएका नेपाल प्रहरीकाे केन्द्रीय कार्यालयले जनाएकाे छ ।

साथै हाल बाढी प्रभावितकाे उद्दार र राहतका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएकाे जनाएकाे छ ।

हालसम्म १६२ जनाकाे शव फेला परेकाे पनि प्रहरीले जनाएकाे छ । त्यस्तै ४१ जनाकाे विभिन्न अस्पतालहरूमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

Facebook Comments