तत्काल उद्धारका लागि याचना
रसुवास्थित चिलिमे हाइड्रोपावरको काममा खटिएकाहरूकाे कुनै जानकारी नपाएकाे भन्दै आफन्तहरूले गुनासाे गरेका छन् । आफन्तहरूसँग सम्पर्क नभएकाे र कुनै पनि निकायबाट सम्पर्क एवं समन्वय हुन नसकेकाे आफन्त शाेभा पाण्डेले जानकारी दिनुभयाे ।
तत्काल खाेजी एवं उद्धारका लागि आग्रह समेत आफन्तले गरेका छन् ।
एक जनासँग सम्पर्क भएपनि अन्यसँग कुनै सम्पर्क हुन नसकेकाे बताइएकाे छ । आफन्तहरूले प्रभावकारी ढंगले खाेजी समेत नभएकाे गुनासाे गरेका छन् । आफन्तहरूले खाेजी एवं उद्धारको पहल गरिदिन याचना गरेका हुन् ।

सराेज पाण्डे, सन्ताेष पाण्डे सहित ७ जना सम्पर्कविहीन रहेकाे बताइएकाे छ ।

Facebook Comments

