तिब्बततर्फ बनेको ठूलो तालबाट पानीकाे बहाव बढ्याे, नेपालतर्फ उच्च सतर्कता !
चीनको तिब्बततर्फ बनेको ठूलो ताल फुटेको जानकारी प्राप्त भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारीले समेत चिनियाँ पक्षबाट ताल फुटेको सूचना प्राप्त भएको पुष्टि गर्दै जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएकाे छ ।
चीनको जिरोङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो ।
रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन प्रशासनले आग्रह गरेकाे छ । नदी किनार तथा जोखिमयुक्त स्थानमा नबस्न र तत्काल सुरक्षित स्थानतर्फ लाग्न स्थानीय प्रशासन एवं प्रहरीले अनुराेध गरिरहेकाे छ ।
चिनीयाँ पक्षले भने उद्धारकर्ताहरूलाइ सुरक्षित रहन भन्दै तत्कालका लागि उद्धार कार्य स्थगन गरेकाे जनाएकाे छ ।



