माैसमः तीन प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ ।

महाशाखाले हाल गण्डकी प्रदेशका केहि, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा कोशी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा ह्ल्का देखि मध्यम वर्षा भैरहेको तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा पनि भैरहेको उल्लेख गरेकाे छ ।

शनिबार देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग  तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे छ । |

शनिबार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका धेरै, लुम्बिनी प्रदेशको  हिमाली भू-भागका केही तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।

त्यस्तै तराई भू-भागका पनि केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा भारी तथा कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

Facebook Comments