नाै जिल्लाका मुख्य राजमार्गमा यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न ९ जिल्लाका मुख्य राजमार्गहरूकाे विभिन्न सडकखण्डमा यातायात सेवा अवरूद्ध हुन पुगेकाे छ ।  

नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशका नुवाकाेट, रसुवा, मकवानपुर, सिन्धुपाल्चाेक, कोशी प्रदेशकाे इलाम, लुम्बिनी प्रदेशकाे राेल्पा र कर्णाली प्रदेशकाे रूकुम पश्चिममा पर्ने मुख्य राजमार्गका थुप्रै सडक खण्डहरू प्रभावित भएका हुन् ।

Facebook Comments