भाेटेकाेशी बाढीः ७३४ जनाकाे निधन, २ हजार ४९८ सम्पर्कविहीन

भाेटेकाेशी बाढीमा परेर ज्यान गुमाउनेकाे संख्या ७३४ पुगेकाे छ । राष्ट्रिय विपद् जाेखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार निधन हुनेकाे संख्या ७३४ पुगेकाे हाे ।

त्यस्तै सम्पर्कविहीन हुनेकाे संख्या २ हजार ४९८ रहेकाे छ । हालसम्म ८ हजार १८६जनाकाे उद्दार गरिएकाे पनि प्राधिकरणले जनाएकाे छ । त्यस्तै २४२ जना घाइतेहरूकाे उपचाररत छन् जसमध्ये केही भने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

उद्धार तथा राहतका लागि १९ हजार ८९५ जना खटिएकाे पनि प्राधिकरणले जनाएकाे छ ।

Facebook Comments