त्रिसुली थ्रि ए बाट थप एक जनाकाे जीवितै उद्धार
त्रिसुली थ्रि ए बाट एक जनाकाे जीवितै उद्धार गरिएकाे छ । मानिसको आवाज सुनिएपछि यतिबेला नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा रहेको छ । हेलिकोप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ ।

सुरुङभित्रबाट एक जना कविर महर्जनकाे उद्धार गरिएकाे हाे । यसअघि सन्जिज्व साहको जीवितै उद्धार गरिएको थियाे । त्यस्तै एक जनाकाे भने शव निकालिएकाे छ ।
सुरूङमा अरू पनि रहेकाे आशंकामा उद्धार टाेलीले २ पटकसम्म भित्र पुगेर चेकजाँच गर्दा थप व्यक्ति फेला नपरकाे उद्दार टाेलीमा रहनुभएका इन्जिनियर उदय न्याैपानेले जानकारी दिनुभयाे । उद्धार गरिएका दुवै जनाकाे नेपाली सेनाकाे छाउनी अस्पतालमा उपचार भइरहेकाे छ ।

Facebook Comments

