नाै जिल्लामा राजमार्गका विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गका सडक खण्डमा सवारी आवागमन प्रभावित बनेकाे छ।

नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड अवरुद्ध भएको जानकारी दिएको छ ।

प्रहरीका अनुसार राजमार्गका कतिपय सडक खण्डहरूमा सवारी सन्चालन पूर्ण रूपमा बन्द छ भने कतिपय स्थानमा एकतर्फी र दिनकाे समयमा मात्र जाेखिमकाे अवस्था हेरेर सन्चालन गर्न दिइएकाे छ ।

साेमबारदेखि नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द गरी मर्मत सम्भार गरिंदैछ । तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जनाएकाे छ ।

प्रहरीले सार्वजनिक गरेकाे मुख्य राजमार्गकाे पछिल्लाे अवस्था सम्बन्धी जानकारी

Facebook Comments