चार प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था सम्बन्धमा महाशाखाले जारी गरेकाे बुलेटिनमा मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ भने मुलुकका बाँकी सबै भू-भागमा साधारणतया बादल लागेको छ । साथै बागमती प्रदेशको थोरै स्थानमा तथा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मंगलबार देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार मंगलबार दिउँसाे तथा रातकाे समयमा समेत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ रहेकाे महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग, लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमाको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |
रातकाे समयमा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका केही स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

