हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान भन्दा थोरै उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानकै आसपास रहेको छ ।
महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा बुधबार दिउँसो तथा रातकाे समयमा देशभर साधारणतया बादल लाग्ने उल्लेख छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार सुदुरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा बाँकी तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
मधेश प्रदेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती प्रदेशको हिमाली, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ |
बुधबार राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ। त्यस्तै मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भू-भागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागक थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भू-भागका समेत एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

