राष्ट्रियसभाकाे बैठक बस्दै
संघीय संसद अन्तर्गत राष्ट्रियसभाकाे बैठक आज बुधबार अपराह्न १ः१५ बजे बस्दैछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुने कार्यसूची छ ।
साथै, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा बैठकमा जानकारी गराउनुहुने छ ।
बुधबार नै सङ्घीय संसद्अन्तर्गतका अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकसमेत बस्दै छ।
Facebook Comments

