८ जिल्लाका विभिन्न सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरूद्ध
अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लामा पर्ने विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न ८ जिल्लाका सडक खण्ड पूर्ण तथा आंशिक रूपमा अवरूद्ध छन् ।
प्रहरीले काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेकाे जनाएकाे छ ।
काभ्रे, रसुवा, नुवाकाेट, धादिङ र मुगुका विभिन्न सडक खण्डहरू भने पूर्ण रूपमा अवरूद्ध छन् ।


Facebook Comments

