माैसमः पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ ।

महाशाखाले हाल देशभर साधारणतया बादल लागेको र गण्डकी प्रदेशको थोरै स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको जनाएकाे छ ।

शुक्रबार देशभर साधारणतया बादल लाग्ने महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार शुक्रबार दिनकाे समयमा देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

देशको पहाडी भू-भागका धेरै स्थानमा, तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरिको पनि सम्भावना रहेकाे उल्लेख गरेकाे छ । त्यस्तै  कोशी, बागमती र गण्डकी  प्रदेशको हिमाली, पहाडी र तराई भू-भागका साथै लुम्बिनी प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | 

शुक्रबार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।

महाशाखाले देशको पहाडी भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ । महाशाखाका अनुसार बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Facebook Comments