नुवाकाेटकाे तादीमा एक्रो ब्रिज जडान सम्पन्न
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी खाेलामा नेपाली सेनाले वारिपारिका बस्तीलाई जोड्ने गरी ५७.९ मिटर लम्बाइ र ५.५ मिटर चौडाइको अस्थायी पुल एक्रो ब्रिज जडान गरेको छ।
भोटेकोसी बाढीले गत भदौ १० मा पक्की पुल बगाएपछि तादीकाे वारपार आवतजावत प्रभावित भएको थियो । बुधबार साँझ तयार भएको पुलबाट स्थानीयले आवतजावत थालेका छन् ।
Facebook Comments

