पहाडी भू-भागका थोरै स्थानमा भारी वर्षाकाे संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ । त्यस्तै कोशी प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा शनिबार देशभर साधारणतया बादल लाग्ने र देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख छ । त्यस्तै देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार देशका तराईका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

शनिबार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Facebook Comments