प्रतिनिधिसभाको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ ।

संसद् सचिवालयका अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री साेविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नहुनुे कार्यसूची रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।

Facebook Comments