कांग्रेसले देशैभर पालिका तहको अधिवेशन गर्दै
नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । यही असाेज १६ देखि १९ गतेसमम हुने पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।
पालिकापछि क्षेत्र, जिल्ला र प्रदेशकाे अधिवेशन हुन बाँकी नै रहेकाे छ ।
केही छिटपुट स्थानबाहेक देशभरका वडा अधिवेशन सम्पन्न भएकाे जनाइएकाे छ ।
पालिकामा विधान अनुसार एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।
कांग्रेसमा शेरबहादुर देउवा पक्षका केही नेताहरू भने यस प्रकियामा सहभागी भएका छैनन् । कांग्रेस फुट्ने चर्चाकावीच यसअघि देउवा पक्षमा रहेका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय नेताहरू भने गगन थापाकाे नेतृत्वमा समाहित भइसकेका छन् ।

