प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएकाे छ ।
उनी मंगलबार बेलुकी ७ बजे कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गर्नुभएकाे हाे ।

४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गर्नुभएकाे हाे ।
प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रसंघकाे महासभामा भाग लिन यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल अमेरिका पुगिसक्नुभएकाे छ ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यू संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जानुहुने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
Facebook Comments

