कालीगण्डकी र मर्स्याङ्दी नदीको जलप्रवाहमा अवराेध, तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय विपद् जाेखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले कालीगण्डकी र मर्स्याङ्दी नदीको जलप्रवाहमा अवराेध भएकाे भन्दै तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेकाे छ।

प्राधिकरणका अनुसार मनाङको सदरमुकाम चामेमा पहिरोको कारण मर्स्याङ्दी नदीको जलप्रवाहमा केही अवरोध रहेको र मुस्ताङ थासाङ गाउॅपालिका-३ निसीमा पहिरोको कारण कालीगण्डकी नदीको जलप्रवाहमा केही अवरोध रहेको छ ।

प्राधिरणले कालीगण्डकीका तल्लाे तटीय क्षेत्र म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा, चितवन, नवलपरासी पूर्व लगायतका जिल्लाका साथै मर्स्याङ्दी नदीको तल्लाे तटीय क्षेत्र लमजुङ, तनहुँ, गाेरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेकाे हाे ।

Facebook Comments