पछिल्लाे बाढी पहिराेमा परी २१ जनाकाे मृत्यु
असोज ८ गते ११ गतेसम्म बाढी पहिराे लगायतका विपद्मा परी २१ जनाकाे निधन भएकाे छ । प्रधानमन्त्री कार्यालयले दिएकाे विवरणअनुसार चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बाग्लुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर, सुर्खेत लगायत जिल्लामा गरी २१ नागरिककाे निधन भएकाे हाे ।
विपद्मा परी ५ जना घाइतेहरूकाे निशुल्क उपचारको व्यवस्था मिलाइएको छ । हालसम्म ५ जना नागरिक बेपत्ता भएकाे र मनाङको हिमपहिरोमा परेर मानिस बेपत्ता भएकाे र विवरण संकलन गर्ने क्रम जारी रहेकाे पनि प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।
बाढी, पहिरो, डुबान र चट्याङका कारण देशभर ४३९ वटा मनसुनका घटनाहरू भएका छन्। गाउँ मात्र नभई सहरहरू समेत डुबानमा परेका छन्। दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल, जलविद्युत् आयोजना र खानेपानी प्रणाली लगायतका पूर्वाधारहरूमा क्षति पुगेको छ।
सरकारले विपद्मा परेका नागरिककाे व्यवस्थापनका लागि अहाेरात्र काम गरिरहेकाे उल्लेख गरेकाे छ ।

