माैसमः पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाले विहीबार विहान जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल तथा तराई भू-भागको थोरै ठाँउमा हुस्सु लागेको उल्लेख छ ।
विहीबार दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने साथै देशको तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार विहीबार राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। त्यस्तै देशका तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

