संसद अन्तर्गतका विभिन्न पाँच वटा समितिका बैठक बस्दै
विहान ९ः०० बजे बस्ने सङ्घीय संसद्, प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको पन्ध्रौँ बैठकमा बेरुजु छलफल उपसमितिको कार्यप्रगति सम्बन्धमा, स्थलगत निरीक्षण लगायतका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
विहान ९ः०० बजे बस्ने सङ्घीय संसद, प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको एक्काइसौँ (२१औं) बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
विहान १०ः३० बजे बस्ने विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा “दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन” का विषयमा छलफल हुनेछ ।
संघीय संसद, राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको बैठकमा आ.व. २०८२/०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको मसौदा माथि छलफल हुनेछ ।
रष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समिति बिच समन्वय बैठक बस्दैछ ।


