चार जिल्लाका मुख्य राजमार्गका सडकखण्ड अवरूद्ध

बाढी र पहिराेका कारण रसुवा, मनाङ, म्याग्दी र हुम्ला जिल्ला अन्तर्गत मुख्य राजमार्गका विभिन्न खण्डहरूमा सवारी पूर्णरूपमा अवरूद्ध छ ।

गत भाद्र १० गतेदेखि परेको बाढीका कारण रसुवाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।

असोज ८ गतेदेखि परेको बाढीले बेशीसहर हुँदै खाङ्सारसम्म जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनाएको छ ।  असोज १० गते बिहान परेको पहिरोका कारण बेनि-जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका-०२ बैसरी र अन्नपूर्ण गाउँपालिका-०३ सुकेबगरमा यातायात पूर्ण रूपमा ठप्प छ ।  

असोज १२ गतेको पहिरोले हुम्लाकाे सिमकोट-हिल्सा सडक खण्डअन्तर्गत नाम्खा गाउँपालिका-४ यालबाङ र सिमकोट गाउँपालिका-७ ठाडोढुङ्गामा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।   

कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ घुमाउरी घाट र बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोमा खसेको पहिरोका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त सडक खण्डबाट ठुला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।

Facebook Comments