पहिराेका कारण अझै रसुवा र म्याग्दीका सडक अवरूद्ध
भाद्र १० गतेकाे रसुवा भाेटेकाेशी बाढीका कारण रसुवा जिल्लाका मुख्य राजमार्गहरूमा सवारी सञ्चालनकाे प्रयास अझै सफल हुन सकेकाे छैन । त्यस्तै असाेज १० गतेकाे अविरल वर्षा र पहिराेका कारण म्याग्दी जिल्लामा पर्ने बेनी जाेमसाेम सडक खण्डमा पनि सवारी साधन अवरूद्ध बनेका छन् । मनाङकाे बेशीसर हुँदै खाङसारसम्म जाने सडक एकतर्फी सञ्चालनमा रहेकाे नेपाल प्रहरीले जनाएकाे छ ।

त्यस्तै नवलपरासी पूर्वमा वाैदीकाली ३, जन्तीमा पहिराे गएकाले कालीगण्डकी करिडाेरमा एकतर्फी (साना सवारी साधन मात्र) सञ्चालनमा रहेकाे छ ।

Facebook Comments

