महाधिवेशनकाे मञ्चमा शेरबहादुर देउवाका लागि कुर्सी खाली थियाेः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाका लागि महाधिवेशनकाे मञ्चमा कुर्सी व्यवस्था गरिए पनि खाली हुन पुगेकाे बताउनुभएकाे छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई खुलामञ्चमा सम्बोधन गर्दै सभापति थापाले पूर्व सभापति देउवा महाधिवेशन उद्घाटनका लागि उपस्थित हुने अपेक्षा राखेकाे पनि उल्लेख गर्नुभयाे ।

उहाँले संसदमा प्रधानमन्त्री उपस्थित नहुनुलाइ संसद खुल्ला नरहेकाे तर्क गर्दै खुलामञ्च केवल एउटा स्थान मात्र नभई राजनीतिक स्मृतिको साझा अभिलेख र बहसको थलो भएको बताउनुभयाे ।

जुन दिनसम्म प्रधानमन्त्री संसद्‌मा सम्मानपूर्वक उपस्थित हुनुहुन्न, त्यो दिनसम्म संसद् खुला छैन, बन्द नै मानिनेछ।’ थापाले संसद्लाई जीवन्त र खुला बहसको थलो बनाउनुपर्नेमा जोड दिनुभयाे ।

विगतमा पुराना इतिहास भएका पार्टीहरूले शिक्षा, स्वास्थ्य र राेजगारी लगायतका जनसराेकारका सवालहरूकाे उचित सम्बाेधन गर्न नसक्दा निर्वाचनमा पराजय भाेग्नुपरेकाे बताउनुभएकाे छ ।

सभापति थापाले इतिहासका शिक्षा वर्तमानकाे कर्ममा उपयाेग गर्ने संकल्पका साथ महाधिवशेनमा सहभागी हुन प्रतिनिधहरूलाई अपिल गर्नुभयाे ।

Facebook Comments