सरकार ढल्दैनः रास्वपा सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नढल्ने बरू सरकार ढल्छ भन्नेहरू भने ढल्न सक्ने बताउनुभएकाे छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले लाेकतन्त्र र संविधानकाे पक्षमा रास्वपा नेतृत्वकाे सरकारले तलमाथि नगर्ने बताउनुभयाे । नयाँ भएकाले केही कमजाेरी हुन सक्ने तर त्यसलाई सच्याएर अगाडि बढ्ने सभापति लामिछानेकाे भनाई थियाे ।
कांग्रेसले धनीमानीलाई भन्दा जनता र निष्ठामा अडिग इमान्दार कार्यकर्ताकाे भावना सम्बाेधन गर्न सकेकाे भए राम्राे हुने तर्क गर्नुभयाे ।
सम्बाेधनका क्रममा लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिनुभयाे ।
उहाँले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र नयाँ राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताउनुभयाे।
कांग्रेसको इतिहास उसको ठुलो शक्ति भएको भन्दै उनले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राख्नुभयाे ।

