कांग्रेस महाधिवेशनः मतदाता नामावली प्रकाशन, आज नै उम्मेदवार मनाेनयन दर्ता

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज दिउँसो १२:३० बजेदेखि उम्मेदवारकाे मनोनयन दर्ता सुरु हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको हाे ।

निर्वाचन समितिले असोज १९ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार आज बिहान ९:३० बजेसम्म मतदाता नामावली उपर दाबी विरोधको समय निर्धारण गरिएको छ भने ९:३० बजेदेखि १०:३० बजेसम्म दाबी विरोध उपर जाँचबुझ गरी बिहान ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशित गरिने उल्लेख छ।  

यसैवीच नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले  १५औँ केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली प्रकाशित गरेको छ।  जसमा कुल ७,११४ जना मतदाता  रहेको उल्लेख छ ।

नयाँ केन्द्रीय कार्यसमिति निर्वाचनका लागि यो नामावली सार्वजनिक गरिएको हो ।  

Facebook Comments