माैसमः पहाडी एवं तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाकाे संभावना
हाल देशमा पश्चिमी वायूको साथै मनसुनी वायुको साथै प्रभाव समेत रहेको छ । नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसाे देशभर साधारणतया बादल लाग्नेछ ।
महाशाखाले देशको हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा एवं हिमपातको सम्भावना रहेकाे तथा देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
त्यस्तै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।
मंगलबार राती देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
त्यस्तै देशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ भने देशको पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा मधेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

