बाढी पहिराेले रसुवा, म्याग्दी, मनाङ र नवलपरासीमा सडक अवरुद्ध

आज पनि देशका विभिन्न चार जिल्लामा पर्ने राजमार्गका सडकखण्ड पूर्ण तथा एकतर्फी रुपमा अवरुद्ध भएका छन् । रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकहरू अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रहरीको जानकारी अनसार रसुवाको मुख्य राजमार्गहरू भदाै १० गतेकाे बाढी पहिराेपिछ सबै पूर्ण रुपमा अवरुद्ध छन् । त्यस्तै असाेज दाेस्राे हप्ताकाे अविरल वर्षा र पहिराेका कारण म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बनेनी जोमसोम सडकको अवरोध पनि हटेको छैन ।

मनाङ खाङसार-बेशिसहर सडकखण्ड पनि एकतर्फी रुपमा मात्रै सञ्चालनमा आएको छ । 

यता, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरको बौदिकाली गाउँपालिका-३ जन्तीमा पहिरोले सडक एकतर्फी भएको छ । साे सडकखण्डमा ठूला सवारी साधन सञ्चालनमा राेक लगाइएकाे छ ।

Facebook Comments