माैसमः बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार विहीबार दिउँसाे देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ ।

महाशाखाले अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख छ ।

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार मधेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागको थोरै स्थानमा तथा  लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना छ। त्यसैगरी बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका  एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विहीबार राती कोशी प्रदेशका सबै भू-भाग तथा देशको बाँकी हिमाली र पहाडी भू-भाग साधारणतया बादल लाग्ने तथा तराई भु-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार कोशी र कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपात हुने संभावना रहेकाे उल्लेख गरेकाे छ । त्यस्तै  मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भू-भागमा थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको  वर्षाको सम्भावना छ।

Facebook Comments