पाेखरामा स्कूल बस दुर्घटना
कास्की जिल्लाकाे पोखरा महानगरपालिका २८, कालिकामा स्कूल बस दुर्घटना भएको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।

कालिका स्थित ओख्लेको भिरबाट बस पल्टिएको बताइएको छ । बसमा २१ विद्यार्थी सवार रहेको बताइएको छ ।
दुर्घटनामा परेका हालसम्म १८ जनाका उद्धार भैसकेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र पासवानका अनुसार १८ जनालाई उद्धार गरी अस्पताल पठाइएको हो ।
Facebook Comments

