धादिङकाे गजुरीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अनिश्चित समयका लागि ठप्प

धादिङकाे गजुरीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अनिश्चित समयका लागि बन्द गरिएकाे छ । पृथ्वी राजमार्गको मछेडीमा पल्टिएको ग्यास बुलेटबाट ग्यास चुहिएकाले सडक खुलाउन समस्या भएको सडक विभागले जनाएको छ।

गजुरी गाउँपालिका ५, गलौंदीमा सडक भास्सिएकाले ब्याक कटिङ गरेर खुलाउन सकिने अवस्था रहेपनि ग्यास बुलेटबाट ग्यास लिक भइरहेकाले कठिनाइ भएकाे विभागले जानकारी गराएको छ।

दुवै घटनाका कारण धादिङ हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधन रोकिएका छन् र पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द छ। यसैवीच जिल्ला प्रशासन कार्यालय धादिङले साे सडक मार्गमा सवारी सञ्चालनमा राेक लगाइएकाे जनाएकाे छ ।

Facebook Comments