बाढी तथा पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध
बाढी तथा पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन् । पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन् ।
धादिङकाे गजुरी -५, गलौंदीमा पनि पहिरोका कारण पृथ्वीलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। काभ्रेमा पनि बाढीका कारण बिपि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। रसुवामा पनि भदाै १० गतेपछिकाे बाढीकाे कारण सवारी सञ्जाल अवरूद्ध छ ।
धादिङकाे (धुनिबेशी ९, खत्रीपौवामा गएकाे पहिरोका कारण त्रिभुवन राजपथ र गण्डकी प्रदेश अन्तर्गत म्याग्दीकाे रघुगंगा २, बैसरीमा गएकाे पहिरोका कारण बेनि-जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। लमजुङकाे बेशीसहर हुँदै मनाङकाे खाङसारसम्म जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ।
नवलपरासी पूर्वकाे बौदिकाली ३, जन्ती पहिरोमा पहिरोका कारण कालिगण्डकी करिडोरमा हलुका सवारी साधनहरूमात्र एकतर्फी सञ्चालन गर्न दिइएकाे छ ।

भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु रहेको छ भने सल्यानकाे बनगाड कुपिण्डे -११, बालुवासंग्रहीमा पहिरोका कारण बालुवासंग्रही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

