हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हिमपात र मध्यम वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जनाएकाे छ।

महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा कोशी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल तथा बाँकी भू-भागमा आंशिक बादल लागेको छ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा आइतबार देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आइतबार दिउँसाकाे समयमा कोशी,  कर्णाली  र  सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

आइतबार राति काेशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

Facebook Comments