कांग्रेस महाधिवेशनः उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् ।

उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारी सर्वाधिक ३ हजार ७३५ मत तथा मधु आचार्य २ हजार ३४२ मत सहित उपसभापतिमा विजयी भएका हुन् ।

समावेशी उपसभापति पदमा बिनोद चौधरी १ हजार ७४५ मतका साथ निर्वाचित हुनुभएकाे हाे ।

खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

त्यस्तै महामन्त्रीमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत पाउँदै विजयी भएका हुन् ।

खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।

यसैगरी, महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भइन् । साे पदका अन्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका थिए ।

कांग्रेसकाे महाधिवेशनमा सहमहामन्त्री तथा केन्द्रीय सदस्यहरूकाे मतगणना जारी रहेकाे छ । पार्टी केन्द्रीय कार्यालयमा जारी मतगणना अझै केही दिन लाग्ने देखिएकाे छ ।

सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकाेटीले शुरूवाती अग्रता लिएका छन् ।

Facebook Comments