माैसमः हिमाल तथा पहाडका केही स्थानमा हल्का वर्षा एवं हिमपातकाे संभावना

हाल देशमा पश्चिमी वायू र मनसुनी वायुको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा साेमबार दिउँसाे कर्णाली र सूदुरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी हिमाली भू-भाग तथा देशको पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने उल्लेख छ।

महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । 

साेमबार रातकाे समयमा भने देशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

Facebook Comments