पुल बगाउँदा गाेरखाकाे उत्तरी क्षेत्रमा यातायात सेवा प्रभावित
गाेरखा जिल्लाकाे आरूघाट गाउँपालिका वडा नंं २ र ३ तथा ९ मा गत असाेज २५ गतेकाे बुढीगण्डकि बाढीले पुल बगाउँदा यातायात पूर्ण रूपमा अवरूद्ध बन्न पुगेकाे छ । चुमनुव्री जानेबाटाे तथा धादिङ र गाेरखा जाेड्ने आरूघाट पुलमा पुगेकाे क्षतिका कारण साे क्षेत्रमा यातायात सेवा प्रभावित बनेकाे हाे ।
दशैंकाे समयमा घर परिवार भेटघाट एवं चाडबाड मनाउने नागरिकहरूकाे जनजीवन बाटाेअवरूद्ध बनेकाले प्रभावित बनेकाे छ।

उता नवलपरासी पूर्व बाैदिकाली गाउँपालिका वडा नं. ३ मा जन्तीमा पहिराे गएकाले कालीगण्डकी करिडाेरकाे उक्त सडक खण्डमा एकतर्फी रूपमा हल्का सवारी साधन मात्र सञ्चालनमा रहेका छन् । त्यस्तै म्याग्दीकाे रघुगंगा गाउँपालिका बैसरीमा पहिराे गएका कारण बेनी जाेमसाेम सडकखण्ड पनि एकतर्र

Facebook Comments

