माैसमः पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ ।

त्यस्तै हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु एवं कुहिरो लागेको महाशाखाले जनाएकाे छ।

महाशाखाका अनुसार साेमबार दिउँसाे कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने तथा कोशी प्रदेशको तराईमा आंशिक बादल तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले  देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एव्ं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

साेमबार राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहने तथा तराई भू-भागमा बिहानपख केही स्थानमा हुस्सु एवं कुहिरो लाग्ने महाशाखाले जनाएकाे छ ।

त्यस्तै कोशी र गण्डकी  प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।

Facebook Comments