गाेरखाकाे माथिल्लाे क्षेत्रमा यातायात सेवा पूर्ण अवरूद्ध
गत असाेज २५ गते बुढीगण्डकी नदीमा आएकाे बाढीले गाेरखा जिल्लाकाे आरूघाट माथिकाे क्षेत्रमा यातायात सेवा प्रभावित बनेकाे छ । प्रहरीका अनुसार आरुघाट गाउँपालिका–२, ३ र आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित बाढीका कारण सोतीमा रहेको फलामको पुल र गोर्खा आरुघाटबाट धादिङ जोड्ने सडक असोज २५ गतेदेखि पूर्ण रूपमा अवरुद्ध बनेको हाे ।
त्यस्तै गण्डकी प्रदेश अन्तर्गत म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५:५० बजे गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड हाल एकतर्फी रूपमा सुचारु रहेको छ।

उता कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान ५:४५ बजे गएको पहिरोका कारण कर्णाली राजमार्ग एकतर्फी रूपमा मात्र सुचारु रहेको प्रहरीले जनाएको छ। चाडबाडकाे समयमा सडकमा अवराेध हुँदा जनजीवन भने प्रभावित बनेकाे छ ।
Facebook Comments

