आगामी मंगलबारदेखि एक हप्ता वर्षा हुन सक्ने
आगामी हप्ता मुलुकका धेरै स्थानमा वर्षा हुने संभावना रहेकाे माैसमविद्हरूले बताएका छन् । मौसमविद् विनोद पराजुलीका अनुसार बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संभावना देखिएकाे हाे ।
हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक हप्ताभन्दा बढी समयसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संभावना देखिएकाे छ । केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको छ ।
विभिन्न मोडेलले वर्षा हुने स्थान र परिमाणबारे फरक–फरक संकेत देखाएकाले अहिले नै कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने यकिन गर्न कठिन रहेको पराजुलीले उल्लेख गर्नुभयाे ।
माैसमविद्हरूले केही स्थानमा असिना समेत पर्न सक्ने देखिएकाले कृषकहरूले भने विशेष सावधानी अपनाउनुपर्ने बताएका छन् । धान काट्ने योजना बनाएका किसानलाई मौसमको पछिल्लो अवस्था हेरेर कित वर्षा शुरू हुनुपूर्व काटेर थन्क्याइसक्न या वर्षा हटेपछि धाट काट्न पराजुलीले सुझाव दिनुभएकाे छ ।

