माैसमः चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हल्का हिमपातकाे संभावना

आगामी तीन दिनको मौसम सामान्य नै रहने देखिएतापनि आउँदो बुधबार (कार्तिक ११) देखि आइतबार (कार्तिक १५) सम्म हिउँ र पानी पर्ने सम्भावना छ, सावधानी अपनाउनका लागि नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे छ ।

यतिबेला पश्चिमी वायुकाे प्रभाव रहेकाे र तराइका केही क्षेत्र, उपत्यका र खाेंचहरूमा विहानकाे समयमा हुस्सु एवं कुहिराे लागेपनि अन्यत्र भने माैसम सफा रहेकाे छ ।

महाशाखाका अनुसार काेशी, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात एवं हल्का वर्षाकाे संभावना रहेकाे छ ।

Facebook Comments