नेकपाले दुईमहिने जागरण अभियान सञ्चालन गर्दै
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्ने भएको छ ।
गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको पार्टी केन्द्रीय कार्यालयका सचिव गणेशमान पुनले जानकारी दिनुभयाे ।
पुनका अनुसार आगामी स्थानीय तथा प्रदेश तहका निर्वाचन, पार्टी महाधिवेशन, संगठन सुदृढीकरण, जनजीविकाका सवाल लगायतमा अभियानका क्रममा जाेड दिइनेछ ।
नेकपाले लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका विषयमा केन्द्रित भएर अभियान सञ्चालन गर्नका लागि अन्तर पार्टी निर्देशन (अपानि) जारी समेत गरिसकेकाे छ ।
अपानिमा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारी लगायतका बिषय पनि अभियानमा जनसमक्ष उठाउने उल्लेख छ ।

