बडादसैँ : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

बडादसैँ अन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ ।  विजयादशमीका दिन मान्यजनबाट टीका लगाउन नभ्याएका वा छुटेकाहरूले आज आफन्तकहाँ पुगेर टीका र आशीर्वाद लिइरहेका छन् ।

नेपाली परम्पराअनुसार विजयादशमीका दिनबाट सुरु भएको टीका र जमरा लगाउने यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ । लामो समयदेखि भेटघाट नभएका आफन्त तथा परिवारजनसँग भेट हुने र पुनर्मिलन हुने अवसरका रूपमा समेत दसैँलाई लिने गरिन्छ ।

दसैँ मनाउनका लागि सदरमुकाम तथा सहरबाट बाहिरिएका पुनः आ–आफ्नो गन्तव्यतर्फ फर्कने क्रम पनि बढेको छ । अव व्यवसाय तथा कार्यलय सञ्चालन गर्नका लागि कर्मथलाे फर्कने क्रम पनि सुरू भएकाे छ ।

Facebook Comments