कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको नेपाल माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम मुख्यतया सफा रहने उल्लेख छ ।
त्यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने तथा तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाे छ।
महाशाखाका अनुसार आगामी तीन दिनका साथै कार्तिक ११ गतेसम्म कुनै मौसमी चेतावनी जारी गरिएको छैन ।

