ब्राजिलमा लुला दा सिल्भा पुनः राष्ट्रपति निर्वाचित

ब्राजिलमा लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपति निर्वाचित हुनुभएकाे छ । उहाँ चाैंथाे कार्यकालका लागि राष्ट्रपति चयन हुनुभएकाे हाे ।

ल्याटिन अमेरिकामा अमेरिकी प्रभावको आलोचना गर्ने लुला दाेस्राे चरणकाे निर्वाचनमा प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोभन्दा झन्डै ४४ लाख बढी मत प्राप्त गरी विजयी हुनुभएकाे हाे ।

अन्तिम समयमा मतदानको समय दुई घण्टा थप्ने निर्णयपछि ब्राजिलभरका मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो । अन्तिम मतपरिणाम घोषणासँगै ब्राजिलको निर्वाचन प्रक्रिया टुंगिएको छ ।

Facebook Comments