एनपीएल शुरू, लुम्बिनी लायन्सलाई सुदूरपश्चिम रोयल्सकाे ८८ रनकाे लक्ष्य

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन उद्घाटन गर्नुभएको छ।

​प्रधानमन्त्रीज्यूले उद्घाटन गर्नुभएसँगै आजदेखि टियू क्रिकेट मैदानमा एनपीएलको तेस्रो संस्करण सुरु भएको हो । उद्घाटन खेलमा पहिले व्याटिङ गरेकाे सुदुरपश्चिमले  लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

तेस्रो संस्करणअन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिम १७.२ ओभरमा मात्र ८७ रनमा सीमित बन्याे ।

Facebook Comments