माैसमः पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, आज कार्तिक १२ गते (बिहीबार) देखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहेने छ।

हाल देशभर आंशिक देखि साधारणतया बादल लागेकाे छ दिउँसाे पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।

कोशी र बागमती प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा बाँकी हिमली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा, कर्णाली प्रदेशको पहाडी तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश पहाडी र तराई भू-भागको एक दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। 

महाशाखाले विहीबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा अधिकांश बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया बादल लाग्ने जनाएकाे छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा एवं हिमपातको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात मधेश प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

Facebook Comments