एनपीएल : लुम्बिनी र विराटनगरको जित, पोखरा र जनकपुर पराजित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र विराटनगर किंग्सले जित निकालेका छन् ।

मंगलबार सम्पन्न खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ८ विकेटले तथा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेका हुन् ।

पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । कप्तान रोहित पौडेलले अविजित ४७ र निरोशन डिकवेलाले २७ रन बनाए । बलिङमा रुबेन ट्रम्पलमानले ३ विकेट लिए । पोखराले २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

त्यस्तै, विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । विराटनगरका आन्द्रे रसेलले ब्याटिङमा ५२ रन नटआउट बनाउनुका साथै बलिङमा ४ विकेट लिए । जनकपुरका सैफ हसनले सर्वाधिक ७१ रन बनाए ।

जितसँगै लुम्बिनी तीन खेलबाट ५ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । विराटनगरले चार खेलबाट ४ अंक जोडेको छ । समान ४ अंक रहेको जनकपुर रनरेटका आधारमा तेस्रो स्थानमा छ भने तीनै खेलमा पराजित पोखरा अंकविहीन हुँदै पुछारमा रहेको छ ।

Facebook Comments