सामुदायिक विद्यालयहरुको कास्की जिल्लास्तरीय भलिवल प्रतियोगिता हुने
कास्कीमा सामुदायिक विद्यालयहरुको जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । सृजना विकास केन्द्र र जिल्ला भलिवल संघ, कास्कीको संयुक्त आयोजनामा सृजना कास्की जिल्ला समुदायिक विद्यालय स्तरीय छात्र छात्रा भलिवल प्रतियोगिता गर्न लागिएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने मूल नाराका साथ यही माघ ८ देखि १२ गतेसम्म हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयहरुले सहभागिता जनाउन सक्ने बताइएको छ ।
कक्षा १२ सम्मका विद्यार्थीहरु सहभागी हुन पाउने र करिव ५० टिमको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ । राष्ट्रिय अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोतिगामा विजेता हुने छात्र छात्रा दुवै टोलीलाई ५० हजार, उपविजेता ३० हजार र तृतीय हुनेलाई १५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै विभिन्न ५ विधामा उत्कृष्ठ खेलाडीलाई नगद ५ हजार सहित पुरस्कार प्रदान गरिने कास्की जिल्ला भलिवल संघका अधयक्ष भिम पराजुलीले जानकारी दिनुभयो ।

